दफा ३
प्राधिकरणको कोष सञ्चालन सम्बन्धी व्यवस्था
(१) प्राधिकरणले ऐनको दफा २० को उपदफा (४)३ बमोजिमको बैड्ड वा वित्तीय संस्थामा छुट्टाछुट्टै खाता खोली आफ्नो आम्दानी तथा खर्चको कारोबार सञ्चालन गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको खाताबाट खर्च गर्दा स्वीकृत बजेटको सीमाभित्र रही अधिकारप्राप्त अधिकारीबाट अख्तियारी लिई खर्च गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम प्राधिकरणको नाममा खोलिने खाताको सञ्चालन अध्यक्ष वा निजले तोकेको प्राधिकरणको एक जना कर्मचारी र आर्थिक प्रशासन शाखाको प्रमुख वा निजले तोकेको लेखा समूहको अधिकृतस्तरको अर्को एक जना कर्मचारीको संयुक्त दस्तखतबाट गर्नु पर्नेछ।
तर त्यसरी कर्मचारी तोक्दा आन्तरिक लेखापरीक्षणको लागि तोकिएको कर्मचारीबाट खाता सञ्चालन _गर्ने गरी तोक्नु हुँदैन।
(४) प्राधिकरणको शाखां -वा सम्पर्क कार्यालयको लागि बैङ्क खाता खोल्ने स्वीकृति: ऐनको दफा २० को अधीनमा रही अध्यक्षले दिनेछ।